एमाले नागार्जुन नगर कमिटिको अध्यक्षमा नन्दनहरि गौतम निरविरोध निर्वाचित,अन्य पदमा के भयो ?

सीता पौडेल(अर्चना)

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) नागार्जुन नगर कमिटिको अध्यक्ष पदमा निवर्तमान अध्यक्ष नन्दनहरि गौतम पुनः निरविरोध निर्वाचित भएका छन् ।

 

हिजो शनिबार उद्घाटन भएको एमाले नागार्जुन कमिटिको दोसो अधिवेशनबाट आज दोस्रो दिन आइतबार उनि सहित अन्य पदका सबै पदाधिकारी र सदस्य निरविरोध निर्वाचित भएको निर्वाचन मण्डलका प्रमुख निर्वाचन अधिकृत ध्रुवराज पाण्डेले जानकारी दिएका छन्।

 

अधिकृत पाण्डेका अनुसार पार्टी अध्यक्ष वा केन्द्र र माथिल्ला कमिटिहरुले दिएका सुझाबका आधारमा हिजो साँझ समापन भएको उद्घाटन सत्रपश्चात बन्दसत्र सञ्चालन भएको थियो ।

सो बन्दसत्रको दोस्रो दिन आइतबार राती ११ बजे बल्ल तल्ल सहमति जुटेको थियो ।करिब २८ घण्टासम्म सर्वसम्मतिको प्रयास गरेपछि अन्तत्वगत्व सर्वसम्मति जुटेको उनको भनाई छ। 

पार्टी केन्द्रिय सदस्य तथा नागार्जुन नगर पालिका इन्चार्ज शान्ति अधिकारीको अध्यक्षतामा ९ सदस्यीय अध्यक्ष मण्डल गठन गरेर सञ्चालन भएको सो अधिवेशनको बन्दसत्रबाट उपाध्यक्ष पदमा विस्वम्बर रिजाल, सचिवमा रविन श्रेष्ठ निरविरोध निर्वाचित भएका छन् ।त्यस्तै  उप–सचिव(खुल्ला)मा सुरेन्द्र विष्ट,र चेली खतिवडा(महिला)मा निविरोध निर्वाचित भएका छन् ।

यस्तै लेखा समिति अध्यक्षमा श्रीकृष्ण खनाल लगायत अन्य ४ जना सदस्य पनि निर्विरोध निर्वाचित भएका छन्।

२०४ जना प्रतिनिधि रहेको सो बन्दसत्रबाट सबै पदमा निरविरोध निर्वाचित गरेर उदाहरणीय कार्य गरेको एमाले नागार्जुनले ७५ सदस्यीय नगर कमिटि र ५ सदस्यीय लेखा कमिटि बनाएको छ ।

निर्वाचन नतिजा घोषणा लगतै प्रमुख निर्वाचन अधिकृत पाण्डेले नवनिर्वाचित अध्यक्ष गौतम र नवनिर्वाचित लेखा समिति अध्यक्ष खनाललाई सपथ ग्रहण गराएका थिए ।

बाँकी पदाधिकारी र सदस्यहरुको पनि सपथ ग्रहणको मिति छिट्टै तोकेर सपथ ग्रहण गराइने अध्यक्ष मण्डलकी अध्यक्ष शान्ती अधिकारीले जानकारी दिइन् ।