नेपाल टेलिकमको नेटवर्कमा समस्या

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ। सोमबार अपरान्ह साढे ४ बजेपछि टेलिकमको टेलिफोन नेटवर्कमा समस्या देखिएको हो।

अहिले नेपाल टेलिकम सिम प्रयोगकर्ताहरूले कुनै पनि नेटवर्कमा कल गर्दा फोन नै नलागी काटिने समस्या देखिएको छ। त्यस्तै, मेसेजिङमा पनि समस्या आइरहेको छ।