चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु

धनगढी । चलिरहेको टेबुल पंखा शरीरमा खस्दा कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बेदकोट नगरपालिका(७ गाउजी बस्ने ६८ वर्षीय रत्नप्रकाश लामिछाने घरको आगनमा टेबुल फ्यान (पंखा) चलाएर बसेको अवस्थामा शरीरमा खसेपछि गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।