काठमाडौं । अविरल वर्षाले पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका(१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा भासिएको हो ।
भारी वर्षाले सडक भासिएपछि उक्त राजमार्ग भएर हिँड्ने सवारी साधनसमेत प्रभावित भएका छन् । सडक अहिले एकतर्फी खुलाइएको बताइएको छ ।
