प्रतिनिधिसभाबाट अभिलेख संरक्षण विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकले अभिलेख संरक्षण९पहिलो संशोधन० विधेयक, २०८१ लाई पारित गरेको हो ।

सभामुख देवराज घिमिरेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनि राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे।

प्रतिनिधि सभाको अर्को बैठक असार १४ गते शुक्रबार९भोलि० बिहान ११ बजे बस्नेगरी बोलाइएको छ।