हेटौंडा । बागमती प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत बजेट बहुमतले पारित गरेको छ ।
बागमती प्रदेशसभा बैठकले बिहीवार राति अबेर अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८१ बहुमतले पारित गरेको हो ।
सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले १ असारमा आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ लाख रुपैयाँ बजेट प्रस्तुत गरेका थिए ।
चालुतर्फ २६ अर्ब १० करोड १६ लाख, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो ।
