बागलुङ । बागलुङमा पहिरोले घर पुरिंदा श्रीमान् श्रीमती बेपत्ता भएको छ । बागलुङको गलकोट नगरपालिका(८ काँडेबासको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् ।
बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती शुक्रबार राति पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।
