दोस्रो पटक विश्व विजेता बन्यो भारत

ब्रिजटाउन । रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी–२० विश्वकपको उपाधि जितेको छ ।

भारतले टी–२० विश्वकपको उपाधि जितेको यो दोस्रो पटक हो ।भारतले सन् २००७ को पहिलो टी–२० विश्वकपको उपाधि जितेको थियो ।