सीता पौडेल(अर्चना)
काठमाडौं ।नागार्जुन नगरपलिका वडा नं ७ ले “ घुमौं नागार्जुन,चिनौं नागार्जुन ” भन्ने मूल नाराका साथ पहिलो चरणको पदयात्रा सम्पन्न गरेको छ।

शनिबार बिहान ७ बजे वडाको न्यौपाने खोल्सीबाट शुरु भएको सो पदयात्रा वडा नं ७ कै खट्कीले चौर,विन्दवासिनी मन्दिर हुदै जंगलै जंगल केही उकालो र कही तरपाए तरपाए बाटो हुँदै छापे चौर (स्वीजरल्याण्ड पार्क)सम्म पुगि विविध सांस्कुतिक कार्यक्रम तथा झाँकी प्रस्तुत गरेर सम्पन्न भएको वडा अध्यक्ष शैलेन्द्र लामाले जानकारी दिए ।

अध्यक्ष लामाका अनुसार वडाले नगरपालिका र जिल्ला समन्वय समितिसँगको समन्वयमा न्यौपाने खोल्सीदेखी छापेचौरसम्म पुग्न सुन्दर जंगलको बीचबाट करिब २ किलो मिटर दुरीको पदमार्ग निर्माण गरि पहिलो चरणको पदयात्रा सम्पन्न गरेको हो ।सो पदमार्ग निर्माणको लागि नसिङ दल गणले श्रमदान गरेको थियो ।गणका प्रमुख सेनानी गणेश खड्काले उक्त पदमार्ग निर्माण गर्न श्रमदानमा सहयोग गरेका थिए । पदयात्राको समापन समारोहमा उनलाई कदरपत्रले सम्मान समेत गरिएको अध्यक्ष लामाले बताए।

नगरपलिकाकी उप–प्रमुख शुशिला अधिकारीले शनिबार नै रिवन काटेर उक्त पदमार्गको उद्घाटन गरेपछि सो पदयात्रा शुरु भएको थियो। पदयात्राको समापन समारोहलाई सम्बोधन गर्दै उप–प्रमुख अधिकारीले ‘समृद्ध नागार्जुनको आधार,पर्यटन सहितको पूर्वाधार र आवसीय नगर’ भन्ने नगरले तय गरेको दीर्घकालिन लक्ष्य प्राप्तिको नारालाई सार्थक तुल्याउन सो पदयात्राले सहयोग पु¥याएको बताइन ।

उनले पहिलो चरणमा वडा नं ७ ले शुरु गरेको र अन्य वडाहरुले पनि यसको अनुसरण गर्दै जानुपर्ने जरुरी भएको पनि बताइन् । उप–प्रमुख अधिकारीले नगरपालिकाले स्थापनादेखि नै पर्यटन सहितका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गर्दै आएको र यसले क्रमैसँग सार्थकता पाउन थालेको समेत जिकिर गरिन। साथै उनले नगरपालिकाले नागार्जुनलाई समृद्ध बनाई नागार्जुनवासीलाई सुखी बनाउने दीर्घकालिन उद्देश्य राखेर सोहि अनुसार पालिकाले नीति तथा कार्यक्रम तय गरेको र यसलाई कार्यान्वयनमा ल्याउने प्रयास भएको बताइन् ।

नागार्जुनमा वडा नं १ को सुन्दर जंगल रानीवनदेखि नै शुरु भएको नगरपालिकाको हरेक १० वटै वडाभित्र धार्मिक,सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरुको खानी नै रहेको दाबी गर्दै उनले यहाँका पर्यापर्यटनका थप सम्भावनाहरुको खोजि गरि प्रचार प्रसार गर्नु पर्ने आवश्यकता औंल्याइन् ।साथै उनले नागार्जुनको पर्यापर्यटन प्रवद्र्धन गर्न छिमेकी नगरपालिकाहरुसँग पनि सहकार्य र समन्य गरिने बताइन।

पदमार्ग निर्माण र पदयात्राको शुरुवातमा वडा नं ७ ले पहिलो कदम चालेको र यसलाई हरेक वडाले अनुसरण गरेमा नगरपालिकाले सक्दो सहयोग गर्ने समेत उप–प्रमुख अधिकारीले प्रतिवद्धता व्यक्त गरिन् ।
पर्यापर्यटनको दृष्टिकोणले अब्बल एवं प्रसस्त पर्यटन तथा तिर्थस्थल रहेको नागार्जुन वडा नं ७ मा पर्यटनका अन्य थप सम्भावनाहरुको पहिचान गरि वडा नं ७ मा पर्यापर्यटन प्रबद्र्धन गरेर समृद्ध वडा र सुखी वडावासी बनाउने उद्देश्यले सो पदयात्राको आयोजना गरिएको अध्यक्ष लामाले बताएका छन् ।
पदयात्राले नागार्जुन नगरभित्रका पर्यटकीय गन्तव्य तथा संभावनाहरुको थप खोजि गरि प्रचार प्रसारमा टेवा प¥याउने आशा गरिएको उनको भनाई छ।नागार्जुन नगरभित्रका पर्यटकीय स्थलहरुलाई विश्वभर चिनाउने र पर्यापर्यटनको प्रबद्र्धन गर्ने उद्देश्य पनि राखिएको बताइएको छ ।


पुरातात्विक सम्पदा,बस्ती,धार्मिक,ऐतिहासिक तथा सांस्कृतिक धरोहरहरुको पहिचान गरि संरक्षण तथा सम्बद्र्धन गर्ने नगरपालिकाको नीति बमोजिम आफ्नो संयोजकत्वमा आयोजना गरिएको सो पदयात्रामा उपमेयर अधिकारी सहित,प्रमुख प्रशासकिय अधिकृत सुमन अधिकारी,वडा नं ७ की सचिव सुमा केसी,वडाका जनप्रतिनिधिहरु,नगरपालिकाको कार्यपालिकाका कर्मचारीहरु,जिल्ला समन्वय समितिका प्रतिनिधिहरु,विभिन्न स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु,नागार्जुन हाइकर्सका प्रतिनिधिहरु,माइल स्टोन युग इंलिस स्कुलका शिक्षक,शिक्षिका एवं विद्यार्थीहरु,रत्नराज्य माविका शिक्षक,शिक्षिका एवं विद्यार्थीहरु एवं विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको अध्यक्ष लामाले बताए ।


त्यस्तै वडाभित्रका विभिन्न उद्योगी व्यवसायिहरु,नेपाल स्काउटका प्रतिनिधिहरु,नागार्जुन पर्यटन समितिका प्रतिनिधिहरु,जोशिला महिला समुह, जिवन विज्ञानका प्रतिनिधिहरु,पत्रकारहरु लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको यस प्रकारको कार्यक्रर्म हरेका वर्ष सञ्चालन गरिने भन्दै उनले सबैले एकचोटी वडा नं ७ का यस प्रकारका पर्यापर्यटनको सम्भावना बोकेका सुन्दर स्थलहरु अवलोकन भ्रमण गरेर भरपूर आनन्द लिन समेत अनुरोध गरेका छन् ।








