आज संसद् दिवस मनाइँदै

काठमाडौं । आज असार १६ गते नेपालमा संसद् दिवस मनाइँदैछ । देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो ।

यस दिवसको अवसरमा सभामुख देवराज घिमिरेले शुभकामना दिँदै लोकतन्त्रको प्रवर्द्धन र संसदलाई जनमुखी बनाउन आजको दिनले प्रेरणा दिने बताउए ।

यस्तै उनले लोकतन्त्रको मन्दिरका रुपमा परिचित संसदको आधारभूत चरित्रप्रति सबै सजग र सचेत रहनु पर्ने बताएका छन् । यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पनि संसद् दिवसको अवसरमा शुभकामना व्यक्त गरे।