काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । अपरान्ह ३ बजे बस्ने बैठकमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०८१ पारित गर्ने कार्यसूची छ ।
त्यसअघि विधेयकमा प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत हुने छन् । त्यसपछि अर्थमन्त्री वर्षमान पुनले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रश्तुत गर्नेछन् ।
आजकै बैठकमा भन्सार महसुल विधेयक पनि पारित गर्ने कार्यसूची छ ।
