सडक बत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा ल्याएको छ । सडक बत्ती बालेवापत लामो समयसम्म शुल्क नबुझाएपछि प्राधिकरणले यस्तो सुविधा ल्याएको हो ।

प्राधिकरणले सडक बत्ती जडान गरी विद्युत् उपभोग गरेका स्थानीय तहहरूले तिर्नुपर्ने थप दस्तुर सहितको बक्यौता विद्युत् महसुल बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने व्यवस्था गरेको हो ।

प्राधिकरणका अनुसार विद्युतका बक्यौता महसुल ६० महिनासम्मको किस्ताबन्दी सुविधा दिएको छ । त्यसका लागि सूचना जारी भएको ४५ दिनभित्र किस्ताबन्दीका लागि आवेदन दिन पनि प्राधिकरणले आग्रह गरेको छ ।