काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको विटक खानीखोला गाउँपालिका–५ वडा कार्यालय का शनिवार पुगेका ७८ वर्षीय बलबहादुर श्रेष्ठ साथमा छाता र लौरो लिएर घर फर्किए ।
पालिकाको समन्वयमा तालढुङ्गामा आयोजना गरेको असक्त ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उनले छाता र लौरो उपहार दिएका हुन् ।
सोही वडाका अर्का स्थानीय ज्येष्ठ नागरिक खडानन्द आचार्यले पहिलोपटक वडा कार्यालयले बोलाएर सम्मानसहित लौरो र छाता उपहार दिएपछि गाउँमै सरकार आएको अनुभूति भएको बताए ।
