
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने भएको छ । आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा रु पाँच हजार सङ्कलन गरिदिने निति ल्याएको छ ।
नगरभित्रका बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले पहिलो पटक यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो । स्थायी बसोबास गरेका नगरवासीका सन्ततिका नाममा मुद्दती खाता खोलिदिई सो रकम सङ्कलन गरिदिने नीति नगरपालिकाले लिएको हो । यसका लागि बालबालिकाको जन्म दर्ता अनिवार्य गरिएको छ ।
बालबालिकाको आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ लाई संशोधनसमेत गरेको छ ।
