आजदेखि एकीकृत समाजवादीको बन्दसत्र

काठमाडौं । नेकपा (एकीकृत समाजवादीं) पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आजदेखि सुरु हुँदैछ ।

प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्ताबेजमा छलफल गरिने छ । यो महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।