
काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बोलाएका छन् । बैठक दिउँसो ३ बजे उनकै निवास बूढानिलकण्ठमा बस्नेछ ।
सभापति देउवाले पछिल्लो राजनीतिक घटनाक्रम, नेविसंघलगायत भ्रातृ संस्थाका म्याद सकिएको विषय, पार्टीको गतिविधि लगायत समसामयिक विषयहरूमा छलफल गर्न पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।
