
काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्ने भएको छ । बैठक दिउँसो तीन बजे बस्नेछ ।
बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरण लगायतका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो ।
नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेको छ ।
