काँग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

काठमाडौं । नेपाली काँग्रेसले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको बैठक बोलाएका हुन् । काँग्रेस सहमहामन्त्री भीष्म आङ्देम्बेले मंगलबार साँझ बैठक बस्ने जानकारी गराए ।

बैठक देउवा निवास बुढानीलकण्ठमा बस्नेछ । काँग्रेसले बोलाएको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दल सहभागी हुने भएका छन् ।