नौबिसे नागढुङ्गा सडक राति बन्द हुने

काठमाडौं । नौबिसे नागढुङ्गा सडकखण्ड राति बन्द गरिने भएको छ । त्रिभुवन राजथपअन्तर्गत पर्ने नौबिसे खोलामा बन्दै गरेको पुलको काम गर्न लागिएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी आज पनि राति १० बजेदेखि बिहान ३ बजेसम्म दुईतर्फी सडक बन्द गर्न लागिएको हो ।

दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक आयोजना पूर्वी खण्डका सिनियर डिभिज्नन इञ्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिए ।“पुलको आरसिसी विम ९प्रिकास्ट ब्रिज गर्डर पुलभन्दा बाहिरको जमिनमा बनाइएको छ ।

त्यसलाई क्रेनले उचालेर पुलको दुवैतर्फको पिल्लर एभिडमेन्टमा राख्नुपर्नेछ”, इञ्जिनियर रिजालले भने, “नयाँ पुलमा का गर्ने भए पनि पुरानो पुलसँगै रहेकाले आइपर्नसक्ने जोखिमलाई मध्यनजर गरी सवारी रोकेर काम गर्न लागिएको हो ।”