जिल्ला प्रशासन कार्यालय नुवाकोटमा स्वास्थ्य सहायता केन्द्र सञ्चालन

नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य सहायता केन्द्र सञ्चालनमा ल्याइएको छ ।

प्रशासन कार्यालयमा सेवा लिन पुग्ने ज्येष्ठ नागरिकलाई लक्षित गर्दै त्रिशूली अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरणको लागि स्वास्थ्य सहायता केन्द्र सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।

उनका अनुसार सेवा लिन पुग्ने ज्येष्ठ नागरिकको परीक्षणसहित स्वास्थ्यसम्बन्धी परामर्श सेवा उपलब्ध गराइएको छ ।