छिटो विश्वासको मत लिन रास्वपाको प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । राजीनामा बुझाउन बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी .(रास्वपा) ले छिटो विश्वासको मत लिन प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।

बिहानको छलफलमा प्रधानमन्त्रीले आफूले संवैधानिक अधिकार प्रयोग गर्ने र संसदलाई जवाफ दिने बताएकाले तत्कालै विश्वासको मत लिन आग्रह गरेको रास्वपाका एक नेताले  जानकारी दिए ।