कांग्रेसले संसदीय दलको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार दिउँसो ३ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।

आइतबार बोलाइएको संसद बैठकमा प्रभावकारी उपस्थिति जनाउन र बदलिँदो राजनीतिक परिस्थितिबारे सांसदहरुलाई जानकारी दलको बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ ।