
काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्षलाई पर्यटन प्रवर्धन वर्षका रुपमा मनाउने भएको छ ।
पर्यटन प्रवर्धनका लागि नगरपालिकाले ८० लाख बजेट प्रस्ताव गरिएको छ। आर्थिक वर्ष २०८१ /८२ को बजेटमा नगरपालिकाले यस आर्थिक वर्षलाई पर्यटन प्रवर्धन वर्षका रुपमा मनाउने भन्दै सो रकम प्रस्ताव गरेको हो।
नगरपालिकामा इको टुरिजम,साहसिक पर्यटन , होम स्टे संचालन,पर्यटन प्रवर्धन सम्बन्धि सुचनामुलक सामाग्री प्रकासन आदि विषयहरुमा सो रकम परिचालन हुने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
