काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व.२०७९/०८० पेश गर्ने कार्यसूची रहेको छ ।
महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने बैठकको कार्यसूची छ ।
