प्रधानमन्त्रीमा ओलीको नियुक्ति ५ बजेपछि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी राष्ट्रपति कार्यालयले गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई नियुक्त गर्न लागेका हुन्।शपथ भने सोमबार बिहान ११ बजे हुने शीतल निवास स्रोतले जानकारी दिएको छ । हालसम्म प्रधानमन्त्रीमा ओलीको मात्र दाबी पेस भएको छ ।

संविधानको धारा ७६ ९२० बमोजिम नियुक्त गर्न नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको समर्थन लिएर शुक्रवार साँझ ओलीले दाबी पेस गरेका थिए। राष्ट्रपतिले दाबी पेस गर्न आइतबार साँझ ५ बजेसम्मका लागि समय सीमा दिएका छन् ।