प्रतिनिधि सभाको बैठक फेरी सर्‍यो

काठमाडौं । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सरेको छ ।

पूर्वनिर्धारित बैठक अपराह्न ४ बजेका लागि सारिएको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसकेको सचिवालयले जनाएको छ ।