नवनियुक्त खानेपानी मन्त्री यादवले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त खानेपानी मन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्न मन्त्रालय पुगेका मन्त्री यादवलाई कर्मचारीहरूले स्वागत गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) का नेता समेत रहेका यादव प्रचण्ड नेतृत्वको सरकारमा छोटो समय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री थिए । मन्त्री यादवले आजै राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएका थिए ।