तत्कालीन र दीर्घकालीन कार्यक्रम ल्याउने स्वास्थ्यमन्त्रीको घोषणा

काठमाडौं । नवनियुक्त स्वाथ्यमन्त्री प्रदीप पौडेलले तत्कालीन र दीर्घकालीन कार्यक्रमको तर्जुमा गरेर स्वास्थ्य क्षेत्रको सुधार गर्न लागि पर्ने बताएका छन् ।

सोमबार शपथ ग्रहणपछि मन्त्रालयमा पद बहालीपछि प्रतिक्रिया दिँदै उनले एक साताभित्र तत्कालीन कार्यक्रम ल्याउने र दीर्घकालीन कार्यक्रमका लागि आवश्यक वातावरण बनाउने बताए ।

‘यहाँ काम गरिसक्नुभएका र राय सुझाव दिन सक्ने विज्ञहरूसँग परामर्श गरेर दुई किसिमका कार्यक्रम ल्याउनेछौ’, उनले भने, ‘तत्कालीन कार्यक्रम तत्कालै कार्यान्वयन सुरु गर्नेछौ र दीर्घकालीन कामका लागि अघि बढ्नेछौ ।’उनले एक हप्ता भित्र तत्काल गर्ने कामहरू सार्वजनिक गर्ने बताए ।