काभा महिला भलिबलको सेमिफाइनलमा पुगेर बाहिरियो नेपाल

काठमाडौं ।नेपाल काभा यू २० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेर बाहिरिएको छ।

गएराति माल्दिभ्सको मालेमा सम्पन्न खेलमा किर्गिस्तानसँग नेपाल ३.० ले पराजित भएसँगै सेमिफाइनलमा पुगेर बाहिरिएको हो।नेपालले पहिलो सेट १४.२५, दोस्रो सेट २२.२५ र तेस्रो सेट १३.२५ ले गुमाएको थियो।

लिग चरणबाट कीर्गिस्तान दोस्रो र नेपाल तेस्रो स्थानमा रहेर सेमिफाइनल पुगेका थिए।लिग चरणमा पनि नेपाल किर्गिस्तानसँग ३.० कै सोझो सेटमा पराजित भएको थियो।

तर नेपालले तेस्रो स्थानका लागि भने खेल्ने अवसर कायमै राखेको छ।नेपालले आजै माल्दिभ्सको सामना गर्नेछ।