बागमतीका मुख्यमन्त्री लामाले साउन १५ गते विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले १५ साउनमा विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि पत्राचार गरेपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले १५ साउन दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन् ।

मुख्यमन्त्री लामाको अनुरोध बमोजिम सभामुख भुवनकुमार पाठकले साउन १५ गते मङ्गलवार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन् ।नेपाली काँग्रेसको ३७ र एमालेको २७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका लामाले शनिवार १४ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए ।