
काठमाडौं ।सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ। बुधबार अहिलेसम्मकै धेरै झण्डै २२ अर्बको सेयर कारोबार भएको छ।
आज २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको ५ करोड ९ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बुधबार नेप्से परिसूचक ६४.२५ अंक बढेर २७६०.९० विन्दुमा पुगेको छ।यसले एक दर्जनभन्दा बढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ।साथै सबै समूहका सूचक बढेका छन्।
यस अघि २०७८ साउन ३१ गते नेप्सेमा २१ अर्ब ५३ करोडको शेयर खरिदबिक्री भएको थियो।
