
काठमाडौं।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ।मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको हो।
बोर्डको अध्यक्ष पदका लागि दरखास्त पेस गर्ने अन्तिम दिनसम्म ३० वर्ष पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने मन्त्रालयले जनाएको छ।
यस्तै मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना,विकास संरक्षण,संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तीमा दश वर्ष कार्य गरेको वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण,संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तीमा दश वर्ष कार्य गरेको हुनुपर्ने सूचनामा उल्लेख छ।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने भनिएको छ।भुवन केसीको दुईवर्षे कार्यकाल सकिएपछि अध्यक्ष पद खाली भएको छ।
