पहिरोमा चार घर पुरिए, एक जनाको मृत्यु

बागलुङ । बडिगाड गाउँपालिका(९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एक जनाको मृत्यु भएको छ । भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो । उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

बडिगाड गाउँपालिका(१० दर्लिङमा तीन वटा घर पुरिएका छन् । विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ । ती घरमा मानिस भएको यकिन हुन बाँकी रहेको वडा नं ९ का वडाअध्यक्ष कृष्ण बहादुर केसीले बताए ।