युवाहरूलाई प्रधानमन्त्रीको आग्रह : २०–३० वर्षमा बिहे गर्नुस्,बच्चाबच्ची पाइहाल्नुस्

२९ साउन,काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई २० देखि ३० वर्षको उमेरमा विवाह गर्न सुझाव दिएका छन्।

नेपाल युवा सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले देशमा जनसंख्या घट्दो क्रममा रहेको भन्दै देशको आवश्यक्ता र जनसंख्याको निरन्तरका लागि पनि युवाहरूले ध्यान दिनुपर्ने बताए।उनले हाल जनसङ्ख्या वृद्धि दर पनि न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र चाँडो सन्तान प्राप्तिका योजना बनाउन युवालाई आग्रह गरे ।

‘गीत गाउँछन् ४० कटेसी रमाउँला भनेर,उमेर छन्जेल विदेशमा बसेपछि जनसंख्या झन् घट्ने भो।’ ओलीले भने, ‘मेरो एउटा सुझाव छ,२०–३० वर्षमा बिहे गर्नुस्, छिट्टै बच्चाबच्ची पाइहाल्नुस्।त्यसो गरेपछि काममा लागे पनि भयो, विदेश गए पनि भयो,छोराछोरी हुर्कँदै गर्छन्।’

’ फ्युचर जेनेरेशनको कुरा गर्ने अनि फ्युचर भनेको पैसा हो ?ओलीले प्रश्न गरे,फ्युचर भनेको पैसा हो? पैसाले फ्युचर बन्छ? फ्युचरका लागि त बालबच्चा चाहियो होला नि।’ विदआउट चिल्ड्रेन कसरी फ्युचर हुन्छ ?’उनले भने।

कार्यक्रममा उनले देश ज्येष्ठ नागरिकको मात्र हुने खतरा औंल्याए।

 परिवारमा कमाउने २ जना र पाल्नुपर्ने धेरैजनासम्म हुने भन्दै यसतर्फ ख्याल पुर्याउनु पर्ने उनको भनाई छ।