
२४ जेठ,गुल्मी । रास्वपाका नेता तथा सांसद सागर ढकालले पुरानो पार्टीजस्तो हुने प्रवृत्तिबाट जोगाउने मुख्य शक्ति (जेनजी) भएको टिप्पणी गरेका छन् ।
पार्टीको गुल्मी अधिवेशनको अवरमा आयोजित कार्यक्रममा उनले पछिल्लो राजनीतिक परिवर्तन र सरकार गठनसम्म आइपुग्न जेनजीको महत्वपूर्ण भूमिका रहेको बताए ।
सांसद ढकालले आफूहरूलाई निरन्तर प्रश्न र खबरदारी गर्न युवापुस्तालाई आग्रह समेत गरे
उनले पार्टी तथा संगठन निर्माणका क्रममा जिल्लास्तरका नेतृत्व र प्रतिनिधिहरूलाई वैज्ञानिक आधारमा छनोट गरिएको भन्दै नयाँ सोच र कार्यशैलीलाई परिणाममा रूपान्तरण गर्न केही समय लाग्ने भएकाले खबरदारी गर्दै काम गर्ने अवसर दिन पनि आग्रह गरे ।
ढकालले युवाको सक्रिय सहभागिता, पारदर्शिता र निरन्तर जनउत्तरदायित्व मार्फत वैकल्पिक राजनीतिक अभ्यासलाई बलियो बनाउने प्रतिबद्धता व्यक्तसमेत व्यक्त गरे ।रास्वपा गुल्मीले जिल्लाका १२ स्थानीय तहमध्ये ११ पालिकामा पालिका अधिवेशन सम्पन्न गरिसकेको छ ।
