आइतबार भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा

३२ साउन,काठमाडौं ।परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा आइतबार भारतले भ्रमण गर्न जाँदै छिन् ।

तीन दिने भारत भ्रमणमा मन्त्री राणाले भारतीय समकक्षी डाक्टर एस. जयशंकरसँग भेटघाट गर्ने कार्यसूची रहेको जनाइएको छ ।तर उनलेभारतीय प्रधाधनमन्त्री नरेन्द्र मोदीलाई भने गर्ने नगर्ने जनाइएको छैन ।

यता परराष्ट्र मन्त्रालायबाट भारत भ्रमणको औपचारिक जानकारी पनि सार्वजनिक भएको छैन।केही दिन अगाडि भारतीय विदेश सचिव विजय मिश्री नेपाल आएका बेला उनको निमन्त्रणामाा राणा भारत जान लागेको बताइएको छ ।