सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा रु नौ सय रुपैयाँले घटेर एक लाख ४९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार प्रतितोला रु एक लाख ५० हजार पाँच सयमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला रु २० रुपैयाँले बढेको छ ।

बिहीबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आज भने एक हजार सात सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।