
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। शनिबार उनीहरूबीच भेटवार्ता भएको हो।
उनीहरूबीच पछिल्लो राजनीतिक परिस्थिति र सरकारले गर्नुपर्ने कामका विषयमा छलफल भएको हो । प्रधानमन्त्री ओलीले देउवासँग राजनीतिक विमर्श भएको उल्लेख गरेका छन्।
आज शनिबार १ नेपाली काँग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भए, ‘प्रधानमन्त्री ओलीले भनेका छन्।उनीहरूबीच राजनीतिक नियुक्तिलगायतका विषयमा पनि छलफल भएको स्रोतले बताएको छ।
