भोली साढे १ बजेपछि मात्रै रक्षा बन्धनको कार्य गर्न पञ्चांग निर्णायक समितिको आग्रह (विशेष सूचनासहित)

मनिषा गुरुङ

२ भदौ,काठमाडौं।पञ्चांग निर्णायक समितिले भोली भदौ ३ गते परेको जनैपूर्णिमाको दिन दिउँसो साढे १ बजेपछि मात्रै जनैपूर्णिमा मनाउन र रक्षाबन्धन बाँध्न आग्रह गरेको छ।तर यो आग्रह भने राष्ट्र प्रमुखका लागि भएको समितिद्धारा विज्ञप्तिमा उल्लेख छ।

समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारी,कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेल तथा धर्मशास्त्र प्रमुख प्रा.डा.देवमणि भट्टराईले विज्ञप्ति जारी गर्दै आम नागरिकमा उक्त दिन के गर्ने भनेर द्विधा रहेको भन्दै शास्त्रमा उल्लेख भएअनुसार जानकारी दिएको उल्लेख गरेका छन्।

भदौ ३ गते दिउँसो साढे १ बजेअघि भद्रा परेको र उक्त दिन अन्य कर्म गर्न मिल्ने शास्त्रमा उल्लेख भएपनि रक्षाबन्धन लगायत जनै पूर्णिमा सम्बन्धी कर्म गर्दा हानी हुने बताइएको छ।

हेर्नुहोृस् सूचनाः