कपनमा जुवातासको खालबाट ९ जना पक्राउ

२ भदौ,काठमाडौं ।काठमाडौंको कपन सरस्वतीनगरमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

उदयपुर ताप्ली गाउँपालिका–१ घर भएका ५० वर्षीय उद्दव राज हमालको कपन सरस्वतीनगरको कोठामा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको थियो।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३९ हजार ७ सय २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।