
काठमाडौं । आज प्रतिनिधिसभा अन्तर्गतको पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक
११ बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरणका सम्बन्धमा छलफल गरिनेछ ।
कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक पनि बिहान ११ बजेको लागि बोलाइएको छ । सो बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफादार छलफल गरिनेछ ।
