राष्ट्रपतिद्वारा पाटन कृष्ण मन्दिरमा पूजाअर्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वको उपलक्ष्यमा सोमबार ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्णमन्दिर पुगेर भगवान श्रीकृष्णको पूजाअर्चना गरेका छन् ।

राष्ट्रपति पौडेलले पुजारीबाट भगवान् श्रीकृष्णको टीका र प्रसाद ग्रहण गरेका छन् । श्रीकृष्ण जन्माष्टमीमा आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् ।