सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको छ ।

यसअघि भदौ ५ गते १ लाख ५३ हजारको उच्चतम मूल्य रेकर्ड रहेकोमा एक सातामै तोडिएको छ । अघिल्लो दिनको तुलनामा बुधबार तोलामा ८ सय रुपैयाँले सुन महँगिएको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८५० रुपैयाँ रहेको चाँदी आज १८५५ कायम भएको छ ।