
काठमाडौं ।युवाहरूले भ्रष्टाचारविरुद्धमा प्रदर्शन गरेका छन्।विभिन्न संस्थामा आबद्ध युवाहरूले शनिबार काठमाडौंको माइतीघर मण्डलामा बृहत् प्रदर्शन गरेका थिए।
डा.कमल भुसाल (निकोलस)को समूहले माइतीघर मण्डलामा २२ अर्ब विद्युत बक्यौता रकम असुल गर भन्दै युवा विद्रोह बृहत् आन्दोलन गरेको हो।
आन्दोलनका क्रममा डा। भुसाल नेतृत्वको समूहले भ्रष्टाचारीहरूको संरक्षण गर्न बन्द गर,गिरिबन्धु जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरणलगायत सम्पूर्ण फाइलको छानबिनको माग गर्दै प्लाकार्ड लिएर आन्दोलन गरेका हुन्।
उनीहरुले भ्रष्टाचार गरे देश बंगलादेश जस्तै हुने बताए।
भुसालले आइतबारदेखि आफ्नो आन्दोलन झनै चर्किने बताएका छन्।उनले पूर्वपश्चिम नेपाल यात्रामा निस्किएर भ्रष्टाचारको विरोध गर्ने र युवाहरू देशमै बस्ने वातावरण सिर्जना गर्नका लगि आफ्नो समूह पछि नहट्ने बताएका छन्।
उनीसहितका प्रदर्शनकारीहरूले संसद् भवन खाली गर,भ्रष्टाचारी सरकार मुर्दाबाद जस्ता नारावाजी लगाएका थिए।
