कोशी प्रदेशमा अब ट्रायल पासलगत्तै अस्थायी लाइसेन्स

१६ भदौं, विराटनगर । कोशी प्रदेशमा अस्थायी सवारी चालक अनुमति पत्र ९लाइसेन्स० बाडिने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सवारी लाइसेन्सको ट्रायल पास भएकालाई अस्थायी लाइसेन्स बाड्ने तयारी गरेको हो ।

यसरी वितरण गरिने अस्थायी लाइसेन्सको अवधि एक वर्षको हुनेछ । ट्रायल पास भएकालाई स्माटकार्ड ९लाइसेन्स० भने यातायात व्यवस्था विभागले नै बाड्नेछ । कोशी प्रदेशमा दुई वर्षदेखि ट्रायल पास गरेकाहरु स्मार्ट कार्डको प्रतिपक्षामा छन् ।