
२७, भदौ ललितपुर । अनेरास्ववियु केन्द्रीय कानुन तथा सङ्घीय मामिला विभागले सुवासचन्द्र नेम्वाङ स्मृति अभ्यास अदालत प्रतियोगिताको आयोजना गरेको छ ।
प्रतियोगितामा विभिन्न विश्वविद्यालयको विभिन्न क्याम्पसहरुबाट १५ वटा टिमका ६० जना विद्यार्थीले सहभागिता जनाएका छन्। प्रतियोगिता सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसको अवसरमा बुधबार ललितपुरमा अवस्थित केएमसी कलेजमा एक औपचारिक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ ।
उद्घाटन समारोह अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यता थियो भने पूर्व कानुन मन्त्री संविधान सभा सदस्य माननीय अग्नि खरेल प्रमुख वक्ताको रूपमा रहेका थिए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य मा अच्युत मैनाली, नेकपा एमाले केन्द्रीय सदस्य किशोर विक्रम मल्ल लगायत ७ वटै प्रदेशको प्रतिनिधित्व गर्दै आउनु भएका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो । अभ्यास अदालत प्रतियोगिता भाद्र २८ गते सम्म ३ दिन चल्ने अनेरास्ववियु कानुन विभागका प्रमुख गोपाल नेपालले बताए।
