सुनको मूल्य हालसम्मकै उच्च

३०, भदौ काठमाडैं । सुनको मूल्यले नयाँ रेकर्ड बनाउएको छ । आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेको छ ।

आजका लागि सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।अघिल्लो दिन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्य आइतबार तोलामा ४० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १८६० रुपैयाँ रहेको चाँदी आज १९०० कायम भएको छ ।