
३१, भदौ काठमाडों । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कुमारीहरुको सामूहिक पूजा गरिएको छ । युवा विश्व हिन्दु महासङ्घ हनुमानढोकाको आयोजनामा सोमबार ५०४ कन्या श्रीकुमारी पूजा सम्पन्न भएको हो । हनुमानढोका दरबार क्षेत्रमा येँया (इन्द्रजात्रा) को अवसर पारेर यो पूजा गरिएको हो ।
युवा विश्व हिन्दु महासङ्घको आयोजनामा १९औं पटक कुमारी पूजा भएको आयोजक राजन महर्जनले जानकारी दिए। ससाना बालिकाहरूलाई कुमारीको भेषभूषामा सजाएर अभिभावकहरू सो पूजामा सहभागी भएका थिए ।नेवार समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन रहिआएको छ ।
