३१, भदौ काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा निर्वाचित सभापतिले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
सोमबार सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा मायाप्रसाद शर्मा र विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसाकुमारी दाहाललाई पद तथा गोपनियताको शपथ ग्रहण गरेको हो ।
दुई समितिमा सभापति चयनका लागि सोमबार निर्वाचन भएको सङ्घीय संसद सचिवालयले जनाएको छ । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा नेकपा (एमाले) का सांसद हुनुहुन्छ ।यसका लागि एकीकृत समाजवादीका जयन्ती राई र तुलसा उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले आठ र जयन्तीले सात मत प्राप्त गरेको थियो ।
