सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउँछ : मन्त्री अधिकारी

३१, भदौ काठमाडौं । भूमि सुधार,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउने बताएका छन् । सोमवार एशिया किसान संगठनको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

उनले सरकारले नेपालमा रहेका भूमिहिन किसान, समस्याग्रस्त,अव्यवस्थित सबै किसानहरुलाई व्यवस्थित गर्नेगरी किसानहरुलाई भूमि पनि उपलब्ध गराउने बताए ।

उनले भूमिहिन किसानलाई जग्गा उपलब्ध गराए उनीहरुलाई कृषि व्यवसयमा आवद्ध गराएर जीविकोपार्जन गर्न सक्ने गरी उद्यमशिलतामा जोड्ने योजना सरकारको रहेको बताए ।